ब,लात्कारपछि ह,त्या गरिएकी निर्मला पन्तको उल्टाखामस्थित घरमा पुग्दा आमा दुर्गा बाटो हेर्दै थिइन्। एक्कासी घरमा पुगेका पत्रकारका लागि कुर्सी ल्याउन थालिन् र केही समयको कुराकानीपछि सोधिन्, ‘नेपालमा मन्त्री फेरिनु भएको हो र ?’ हामीले जवाफ दिदै भन्यौँ, ‘मन्त्री होइनन् प्रधानमन्त्री नै फेरिनुभएको छ। हाम्रै ठाउँका शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ।’
दुर्गाको पहाड घर पनि देउवाकै गृहजिल्ला डडेल्धुरा हो। निर्मलाको प्रसंग सुरु नहुँदै दुर्गाले थपिन्, ‘आफ्नै गाउँठाउँका प्रधानमन्त्री भएछन्। अब निर्मलालाई न्याय दिने–नदिने उहाँकै जिम्मा।’ प्रधानमन्त्री भएको सुनेपछि दुर्गाले निर्मलाको ह,त्या भएको सात महिनापछि घरमै पुगेर देउवाले दिएका आश्वासन सम्झिने प्रयास गरिन्। ‘नाबालिकाको ब,लात्का,रपछि ह,त्या भएको छ। यो जघ,न्य अ,परा,ध हो। यस्ता अप,राध गर्नेलाई छाड्ने कुरै हुँदैन। दो,षीलाई कानुनी दायरामा ल्याइनेछ। त्यसका लागि हामी दबा,ब दिन्छौ,’ दुर्गाका अनुसार देउवाले घरमै पुगेर भनेका थिए।
निर्मलाको ह,त्या भएको सात महिनापछि ०७५ फागुनमा उल्टाखामस्थित घरमै पुगेका थिए देउवा। ‘नेपाली कांग्रेसले सुरुवातदेखि नै निर्मला पन्तका ब,लात्कारी र ह,त्यारालाई का,रबाही गर्न द,बाब दिँदै आइरहेको छ,’ निर्मलाका परिवारका सदस्यसंग देउवाले भनेका थिए, ‘ह,त्यारा पत्ता लाग्नेमा ढुक्क हुन आग्रह गर्दछु। वास्तविक अपरा,धिलाई कानुनी कठघरामा ल्याएर का,रबाही गरिनुपर्ने आफूहरुको पनि माग छ।’

०७५ फागुनमा निर्मलाको घर पुगेका देउवा
देउवाले दिएको आश्वासको साढे दुई वर्ष र निर्मला ह,त्याको तीन वर्ष पुग्दैछ। ०७५ साउन १० मा वे,पत्ता भएर ११ गते मृ,त फेला परेकी निर्मलाले ०७८ साउन १० आउँनै लाग्दा पनि न्याय पाएकी छैनन्।
ह,त्यामा संग्लनलाई कानुनी दायरमा ल्याइएको छैन्। यता देउवा अहिले पाँचौ पटक प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्रीमा देउवाको पुनरागमनले दुर्गामा मरिसकेको न्याय पाउने आश त जागेको छैन् तर देउवाबाट थोरै भएपनि अपेक्षा दुर्गाले गरेको देखिन्थ्यो।
‘तीन वर्षको अवधिमा जति आए सबैले न्याय दिन्छौ नै भनेका हुन्,’ दुर्गाले भनिन्, ‘तिनैमध्येका एक अहिलेका प्रधानमन्त्री देउवा पनि हुन्। तीन वर्ष हुन लाग्यो तर अहिलेसम्म दो,षी फेला परेको छैन्। देउवाकै पालामा ह,त्यारा पत्ता लागे त सधैभरी आभारी हुने थिए।’
तीन वर्षमा दो,षी पक्रा,उ नपरेपछि न्यायउ पाउने आश मरिसकेको बताउँछिन् दुर्गा। ‘बैतडीकी किशोरी भागरथी ह,त्या प्र,करणमा अनुसन्धान सफल भएपछि कञ्चनपुर प्र,हरी प्रमुखको टोली घरमै पुगेको थियो,’ दुर्गाले भनिन्, ‘अब निर्मलाका दो,षी पनि कानुनी दायरामा आउछन् भनिएको थियो। तर अहिले दो,षी प,क्राउ पर्ने कुनै सुरसार नै देखिदैन्। तर दो,षीलाई का,रबाही गर्ने इच्छाशक्ति प्र,हरीमा भए हामीले न्याय पाउँछु भन्ने शत प्रतिशत विश्वास छ।’
यता सुदूरपश्चिमका अधिकारकर्मीले प्रधानमन्त्री देउवालाई भेट्दै निर्मला ह,त्या प्रकरणको अनुसन्धान टुंगोमा पुगाउन आग्रह गर्ने जनाएका छन्।
‘तीन वर्ष पुग्न लागिसक्यो तर अहिलेसम्म दो,षी खुलेआम छन्,’ काठमाडौँ पुगेकी अधिकारकर्मी माया नेगीले भनिन्, ‘निर्मलाको ह,त्या र ब,लात्कारमा संग्लनलाई कानुनी दायरामा ल्याउनका लागि प्रधानमन्त्रीलाई भेटेरै आग्रह गर्न खोजिरहेका छौ।’
के गर्दै छ प्रहरी ?
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्र,हरी प्रमुख प्र,हरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी निर्मला ह,त्या प्रकरणमा ‘डेडिकेटेड’ टीम सक्रिय रहेको बताउँछन्। ‘जिल्ला प्रह,री कार्यालय कञ्चनपुर, प्रदेश प्र,हरी र राष्ट्रिय अनुसन्धानको सयुक्त डेडिकेटेड टीमले निर्मला ह,त्याको घ,टनामा अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘सार्वजनिक नै गर्न मिल्ने प्रगति भएको छ भनेर अहिले नै भन्न सक्दिन। तर अनुसन्धान जारी छ।’ उनले हरेक कोणबाट घ,टनाको अनुसन्धान भइरहेको बताए।
‘अप,राध अनुसन्धानमा भौतिक निर्माणमा हुने प्रगति जस्तो हुँदैन्,’ उनले भने, ‘भौतिक निर्माणमा त निश्चित प्रतिशत प्रगति भयो भन्न सकिन्छ । तर अ,पराध अनुसन्धानमा दो,षीलाई प,क्राउ गरेर सार्वजनिक गर्दा शत प्रतिशत प्रगति देखिन्छ। त्यो अगाडिसम्म प्रगति शून्य नै भनिन्छ।’
के हो निर्मला प्रकरण ?
कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त ०७५ साउन १० गते साथीको घरबाट वे,पत्ता भइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको श,व फेला प¥यो। निर्मलाको बला,त्कारपछि ह,त्या भएको मेडिकल रिपोर्ट आयो। प्रह,रीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घट,नाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक ग¥यो। स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे।
भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे। नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अप,राधीलाई उम्काउन खोजेको आ,रोप प्रह,रीले खेप्यो।
अप,राध अनुसन्धानमा गम्भी,र ला,परबा,ही गरेको र प्रमाण न,ष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्र,हरी प्रमुख दिल्लीराज विष्टसहितका प्रह,री बर्खास्त भए। वभागीय का,रबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रह,रीले अदालतबाट सफाई पाए। सीआईबीले २÷२ महिनाको अन्तरमा विभिन्न टोली पठाएपनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन्। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्र,हरीको गो,ली लागेर थप एक युवकको समेत मृ,त्यु भएको थियो।
