काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई तिज गीत को तछडमछड भएको छ । प्रदेश बाटै हरेक बर्ष तीज गीतमा नयाँ सिर्जना लिएर आउने गायक सुर्य खड्का तीज गीत “चाँदि बटन” सार्वजनिक भएको छ।
लोकप्रिय प्रदेशी गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन सार्वजनिक भएको छोटो समयमै चर्चा कमाउन सफल भएको छ । गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्कालेनै लय भरेका छन ।
शंकर विसीले निर्देशन गरेको सो गीतमा निक्स शर्मा र अञ्जली अधिकारीको नृत्य रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहेको गायक सुर्य खड्काले हामीलाई जानकारी दिनु भयो । हेर्नुहोस् भिडियो
