उदाहणीय जोडी फिनल्याण्डकी नागरिक भेरासँग चितवन की चितवन गैंडाकोटका सुजनले वैवाहिक सम्बन्ध कायम गरेका छन्।उनी पढाइको सिलसिलामा फिनल्याण्ड पुगेका सुजन काम खोज्ने क्रममा भेराको कम्पनीमा पुगेका थिए।भेराकै कम्पनीमा काम गर्दागर्दै सुजन र भेराको प्रेम सम्बन्ध बसेको थियो।त्यसपछि उनीहरूले त्यही प्रेमलाई विवाहमा परिणत गरेका हुन्।
अहिले दुवै सासुससुरा फिनल्यान्ड पुगेर आएका छन्।फिनल्यान्डको विकास देखेर र त्यहाँका मानिसहरूको स्वागत सत्कार र खुसी देखेर आउँदा नेपालमा त सरकार नै नभएको जस्तो आभास भएको उनीहरूले बताएका छन्।उनीउनीहरू विदेशी छोरीलाई आफ्नो घरको बुहारीको रुपमा भित्र्याउन पाउँदा अत्यन्तै खुसी छन्।बुहारीले आफूलाई मन परेको खानाको परिकार बनाउन र भाषा सिक्नको लागि अत्यन्तै इच्छुक छिन्।दुई छोराछोरी पनि सानै र भाषा सिक्न खोज्दै गरेका छन्।
भेरालाई खासै नेपाली बोल्न त आउँदैन तर उनको नेपाली सिक्ने ठूलो इच्छा रहेको छ।उनी अलिअली नेपाली बोल्न सक्छिन् तर निकै मुस्किलले।उनी भन्छिन्,”मेरा दुईओटा भाइ छन्,तीनजना बहिनी छन् र मलाई स्विमिङ र कुकिङ गर्न मन पर्छ।”विदेशी छोरीलाई आफ्नी बुहारी बनाउन पाउँदा सुजनका बुबा आमा पनि खुसी देखिनुहुन्छ।सुजन हिन्दु धर्म मान्थे भने उनी कृष्चियन धर्म मान्ने गर्दथिन्।
उनीहरूका अहिले एक छोरा र एक छोरी समेत रहेका छन्।त्यी नै उदाहणीय जोडीसँग स्मार्ट टीभीले कुराकानी गरेको छ।सुजन पाण्डे विद्यार्थीको रुपमा फिनल्यान्ड गएर त्यहाँ जब खोज्ने क्रममा भेराको घरमा रहेको उनीहरूले नै संचालन गर्दै आएको फ्यामिली फममा पुग्छन् र त्यहीँबाट बिस्तारै उनीहरू बीच लभ परेको थियो।नेपाली बोल्न रुचाउने तर नेपाली नबोल्ने भेरा नबुझेको बेला आफ्नो श्रीमान पट्टी फर्किएर जवाफ के दिने भनेर हेर्छिन्।
उनी आफू पनि शाकाहारी र आफ्नो श्रीमान पनि शाकाहारी भएको र उहाँ ह्याण्डसम भएका कारण आफूलाई मन परेर बिहे गर्ने निर्णयमा पुगेको बताउँछिन्।आज भन्दा पाँच वर्ष अगाडि बिहे गरेको यो जोडीले अहिले नेपाल आएको तीन महिना मात्रै भएको छ र भेरा राम्रोसँग नेपाली बुझ्दिनन् तर सिक्ने प्रयत्न गरिरहेकी छिन्।उनी त्यति राम्रो अङ्ग्रेजी पनि बोल्न जान्दिनन् र अलिअली जानेको बोल्दै काम चलाउँ छिन्।
उनी नेपाली खानाको परिकार आफूलाई मन पर्ने बताउँछिन् र नेपाली गीत समेत मन पर्ने भन्दै सालको पात टपरी भन्ने गीत अलिकति गाएर पनि सुनाउँछिन्। सुजनले सुरुसुरुमा घरमा कुरा गर्दा साथी भनेर आफ्नो आमासँग कुरा गराउँथे र त्यतिबेला उहाँसँग पनि कुरा गराउनुहुन्थ्यो र पछि पछि सुजनले आफूले भेरासँग प्रेम गरेको कुरा सुनाउनुभयो र ममीले पनि अस्वीकार गर्नुभएन।फिनल्यान्डतिर अठार बर्ष कटेपछी आफ्नो आमा बुबाले छोराछोरीले जे जस्तो निर्णय लिए अनि खासै केही नभन्ने कुरा सुजनले बताए।भिडियो :-
