९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा श/व र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।

मलेसियामा विभिन्न समयमा मृ\त्यु भएका नेपालीहरुको श\.व आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी श/व आजै आफन्तको जिम्मा लगाइएको छ ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका श/व नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।
सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृ/त्यु हुने मुलुकमा पर्छ ।
