घ\टनास्थलमा प्र\हरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झु ण्डिरहेको, सोही रुखमुनी मानव कङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो मा\टो लागेको कपडा यत्रतत्र छ रिएर रहेको अवस्थामा कङ्काल फेला परेको महानगरीय प्र\हरी परिसर भक्तपुरका सूचना अधिकारी प्र\हरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
प्र\हरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्र\हरी घ\टनास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत बरामद गरेको छ । घ\टनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।
