काठमाडाैँ । बन्जी जम्प गर्ने क्रममा एक युव’तीको ज्या’न गएको छ । बन्जीको डोरी नै नबाँ’धीकन ती युवतीले हाम्फालेपछि उक्त दुःखद घट’ना भएको हो । घ’टना कोलम्बियाको हो ।साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृ’त्यु प्राप्त हुने कुरा गएकाे आइतबार घटे’को कोलम्बियाको उक्त घट’नाले पुष्टि भएको छ ।
समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृ’त्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ ।
उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हाम्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घट’नास्थलमै मृ’त्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घट’नास्थल पुगे पनि युवतीको हावामै मृ’त्यु भइसकेको बताइएको छ ।
मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृ’त्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) नबाँधीकनै हा’म्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघा’त भएर उनको मृ’त्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।
भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने
बुझेर हतारमै हाम्फालिनछन्, जबकि उनकाे खुट्टामा डाेरी नै बाँधिएकाे थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ । – एजेन्सीहरूकाे सहयाेगमा
