सुनसरी : को-सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।
गोलाबारीमा परी दुई जना तस्कर घा’इते भएका छन् भने अन्य तीन जना फ”रार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घ’इते हुनेमा देवानगन्ज २ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्र’हरी उपरीक्षक कमल थापाले बताए।
घा’इते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भा’रतीय क्षेत्रबाट आएका तस्करलाई गो’प्य सूचनाको अधारमा जे’कजाँच गर्ने क्रममा गो’ली हा’नाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए।
ह’तियार लिएर आइरहेकाबाट प्रह’रीले हतियार खोस्न थालेपछि प्रह”रीमाथि भार’तीय समूहले गो’ली चलाएको प्रहरीको दाबी छ। सोही क्रममा प्रहरी र भार’तीय तस्कर समूहबीच झ’डप भएको प्रहरीले जनाएको छ।
त’स्करका साथबाट प्रहरीले एउटा पेस्तोल छ राउ’ण्ड गोली र दुई वटा म्या’ग्जिन ब’रामद गरेको छ। तीन जना भार’ततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घा’इते भएका र फ’रार भएका तस्करी, लागुऔ’षधको कारोवार, हति’यारको त’स्करी, चो’रीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ।
