पहिरोका कारण डडेल्धुरामा अवरुद्ध भएको भीमदत्त राजमार्ग १० घण्टापछि खुलेको छ । डडेल्धुराको आलीताल गाउँपालिका–१ को कटानस्थित शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग डोजरले प,हिरो पन्छाएर साँझ ५ बजे एकतर्फी रुपमा खुलाइएको प्र,हरीले जनाएको छ ।
जिल्ला प्र,हरी कार्यालय डडेल्धुराका प्रमुुख प्र,हरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल एकतर्फी रुपमा खुलाएर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको जानकारी दिए । तर अहिले पनि डोजरले पहिरो पन्छाइरहेकाले राजमार्ग दुुईतर्फी रुपमा सञ्चालनमा आउन अझै समय लाग्ने नेपाल बताउँछन् ।उनकाअनुसार अहिले डडेल्धुराको आलीताल गाउँपालिका र गन्यापधुुरा गाउँपालिकाको डोजरले प,हिरो पन्छ्याउन काम गरिरहेका छन् । सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा सवारीसाधन दिनभरि डडेल्धुराको कटालमै रोकिएका थिए ।
