दोहोरीको चर्चा घट्दै गएपनि सामाजिक सन्जालको कारण अहिले पछिल्लो केहि समय देखि दोहोरी च्याम्पियनको चर्चा निकै छ। साथै पछिल्लो समय नेपालि युवाहरुमा पनि दोहोरीको क्रेज बढ्दै गइरहेको पाइन्छ।
सायद इन्द्रेणी कार्यक्रमको बारेमा थाहा नहुने नेपालि बिरलै होलान् । नेपालमा दोहोरीको चर्चालाइ बढाउन इन्द्रेणी टिमले ठुलो भुमिका खेलेको छ । साथै इन्द्रेणी कार्यक्रमले गर्दा धेरै बाल कलाकारहरु भाइरल भइरहेका छन्।
भाइरल बाल गायिका कमला घिमिरे र कृष्ण कंडेलकि श्रीमती संगै बाल कलाकार जिया भुसाल एकसाथ मिडियामा देखिएका छन । केहि समय अगाडी कमला घिमिरेलाई दर्शकले निकै घमण्डी बाल गायिका भनेर उपमा दिने गर्दथे सोहि कारण पनि धेरैको लागि पाएकी कमला यो बेला भने परिवर्तन भएकी छिन।
दर्शकले आफुलाई जे हो त्यहि भनेको भन्दै आफु सानोमा छिटो चर्चामा आएकै कारण न बुझेर घ,मण्डी भएको समेत बताएकी छिन भने आफुले गाएको गीत पहिलेको सबै अपुरो भएर पनि दर्शकले अत्याधिक मन पराएको भन्दै उनले अब भने धेरै सुधार गरेर गाउने समेत बताएकी छिन।
उनि भाइरल हुदा जतापनि खोजि हुने गर्दथ्यो। आफुलाई इन्द्रेणीले गर्दा यो ठाउँमा आएको बताउने कमला अब अझ दोहोरी गाएर दर्शकको मन जित्ने समेत बताएकि छिन।
दर्शकको प्रिय बनेकी कमलालाई अहिले निकै खोजि हुने गर्दछ।स्टेजमा दैनिक गीत गाउने कमला अहिले कोरो,नाको कारण गीत गाउन समेत नपाएको बताउछिन।हेरौ यो बिशेष कुराकनी :
