गोकुलेश्वर। दार्चुलामा एक जना वडा सदस्यले पार्टी प्रवेस गरेका छन ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नंं. १ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य रमेश बोहराले नेकपा एमाले परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेस गरेका हुन ।
शैल्यशिखर नगरपालिकाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उनले आफु एमाले परीत्याग गरी कांग्रेसमा प्रवेस गरेको जानकारी गराएका हुन । शैल्यशिखर नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस दार्चुलाका उप–सभापति अमर सिंह धामीले आज उनलाई पार्टी प्रवेस गराएका हुन ।
पछिल्लो समय एमालेमा देखिएको विवादका कारण पार्टी बदनामित भईरहेकोले आफुले पार्टी परिवर्तन गरेको उनको भनाई छ ।
पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रममा दार्चुलाका नेता बिक्रम सिंह धामी र मदन गीरी लगायत अन्य कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
