काठमाण्डाै – नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको श,व ल्याउँदा जस्तो दु:ख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने बताउनुभएको छ ।
आज मलेसियाबाट २४ वटा श,व र तीन वटा अ,स्तु नेपाल ल्याइपुर्याएपछि क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडा,द,याक हुने उल्लेख गर्नुभएको छ । जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा श,व र ३ वटा अ,स्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ भन्दै लामाले यस्तो सङ्ख्या सरकारको लागि तथ्याँकमा मात्रै सीमित भए पनि मृ,तक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गर्नुभएको छ ।
यस्तै उहाँले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गर्नुभएको छ ।
