पृथ्वीमा पाइने सर्पहरुमध्ये सबैभन्दा विषा,लु सर्पमध्ये एक मानिन्छ ल्यान्सहेड स्नेक । दक्षिण अमेरिकामा पाइने यो सर्पको वि,षबाट मान्छेको घाउ टाल्ने सुपर ग्लु बनाइएको छ ।
यो सर्पको वि,ष यतिधेरै खत,रनाक छ कि यसको एक थोपा मात्रैले मानिसको मृ,त्यु हुन्छ ।
तर वैज्ञानिकहरुले त्यहीं वि,षलाई मान्छेको शल्य,क्रियाका बेला उपयोगी हुने सुपर ग्लु बनाउन प्रयोग गरेका छन् ।
बेलायतको वेस्टर्न विश्वविद्यालयका शोधकर्ता किबरेट मेकानिन्टले ल्यान्सेड सर्पको वि,षमाथि लामो समयदेखि अनुसन्धान गरिरहेका छन् । उनी एक बायो इन्जिनियर हुन् र उनले आफ्नो अनुसन्धानमा सर्पको वि,षलाई सुपर ग्लु बनाउन पनि प्रयोग गर्न सकिने तथ्य पत्ता लगाए ।
उक्त ग्लुको सबैभन्दा ठूलो विशेषता भनेको यो हो कि यसले शरीरबाट हुने रक्तश्रावलाई क्षणभरमै रोकिदिन सक्दछ । त्यसैले सर्पको वि,षबाट बनाइएको उक्त ग्लुलाई अस्पतालको शल्यक्रिया कक्षदेखि यु,द्धस्थल र अन्य आपतकालीन अवस्थाहरुमा पनि प्रयोग गर्न सकिन्छ ।
मेकानिन्टले आफ्नो प्रयोगका क्रममा सर्पको वि,षमा रग,तलाई जमाउने एक प्रोटिन इन्जाइम पनि हुने तथ्य पत्ता लगाए । त्यसलाई रिप्टिलेस अथवा बाट्रोक्सोबिन भनिन्छ । उक्त इन्जाइमको प्रयोग गरी त्यसलाई शरीरका तन्तुहरुमा टाँसिएर रक्तश्राव रोक्ने ग्लूको रुपमा तयार गर्न सकिन्छ । जसले शरीरबाट भैरहेको रक्तश्राव सेकेण्डभरमै रोकिदिन्छ ।
शोधकर्ताका अनुसार उक्त ग्लुलाई र,गत बगिरहेको घा,उमाथि राखेर त्यसमा लेजर प्रकाश केही सेकेण्डमा लागि पार्नाले उक्त ठाउँमा तत्कालै र,क्तश्रा,व रोकिदिन्छ ।
लेजर लाइट नभएमा मोबाइल फोनको टर्चलाइटले पनि काम चल्ने बताइएको छ । उक्त सुपर ग्लुलाई चिकित्सा उपयोगमा ल्याउनका लागि सानो आकारको ट्युबको रुपमा प्याक गरिनेछ । अनि त्यहीं सानो ट्युबलाई निचोरेर रगत बगिरहेको ठाउँमा ग्लु लगाउनु पर्नेछ ।
हाल चिकित्सा जगतमा प्रयोग गरिने फाइब्रिन ग्लुको तुलनामा यो सुपर ग्लु दशगुणा शक्तिशाली हुने र दोब्बर छिटो रक्तश्राव बन्द गर्ने शोधकर्ताको निष्कर्ष छ । सामान्यतया फाइब्रिन ग्लुले ९० सेकेण्डमा रक्तश्राव रोक्नेमा सर्पको वि,षबाट बनेको यो सुपर ग्लुले मात्र ४५ सेकेण्डमा रक्तश्राव रोक्ने दाबी शोधकर्ताको छ l
