चितवन – अविरल वर्षाका कारण नारायणी नदीमा बाढीले खतराको तह पार गरेको छ। नारायणी नदीको देवघाटमा पानीको सतह खतराको तहभन्दा माथि गएको र अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ८ मिटर पानी भएपछि खतराको तह पुग्नेमा अहिले त्यहाँ पानीको सतह ८ दशमलव ३४ मिटर पुगेको छ। नारायणीकै नारायणघाट पुल चितवनमा पनि पानीको सतहले चेतावनी तह पार गरेको छ।
त्यहाँ ११ मिटरलाई चेतावनी तह मानिए पनि अहिले पानीको सतह ११ दशमलव ६१ मिटर रहेको महाशाखाले जनाएको छ। दुवै ठाउँमा पानीको तह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
