पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको थियो । शिल्पासँग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर पुगेको थियो । प्र/हरीले राजलाई पनि सँगै लिएर गएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्र/हरीसँग बयान दिने क्रममा शिल्पाले यो बिषयमा आफूलाई अलग राखेकी छिन् । उनले, पोर्न चलचित्र बनाउने कुरामा आफ्नो कुनै भूमिका नरहेको पनि स्पष्ट पारेकी छिन् ।
