काठमाडौँ । सिन्धुपाल्चोकका बाढीपहिरो पिडितका लागि अमेरिकामा रहेको हिमालयन हेल्पिङ ह्यान्डस्ले सहयोग गरेको छ ।
क्यालीफोर्नियामा बस्दै आएका व्यवसायी कपिल अधिकारीको संयोजकत्वमा उक्त संस्थामार्फत २ लाख रुपियाँ सहयोग आएको हो । सहयोग गर्नेहरुमा आमा मणी माया अधिकारी, उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, गोकुल ढकाल, गोविन्द चन्द र कपिल अधिकारी स्वयम रहेका छन् ।
अधिकारीले नजिकको साथि डटकम र सही हो नेपाल का सञ्चालक अर्जुन विष्ट मार्फत सो सकम नेपाल पठाएका थिए ।

जुन रकम नजिकको साथि डटकम, सही हो नेपाल, मोर्डन खबर र दैनिक खबरको टीमले सिन्धुपाल्चोक लिएर गएको हो ।
गत असार २६ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं. ५ जम्बुमा बाढी पहिरो गएको थियो । जसमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

अझै २० जना वेपत्ता छन् । वेपत्ता भएतापनि आफन्तले लाश भेटिने आशा मारिसकेका छन् भने कतिले क्रियासमेत गरिसके ।
जम्बु बजारको स्थानीय याल्मो ठाडो खोलामा पानी बहाव बढेपछि वितण्डा मच्चिएको स्थानीयको भनाई छ ।

एक स्थानीयका अनुसार लगातार २ घण्टाको झरी पश्चात बाढीपहिरो आएको थियो ।
उक्त बाढीपहिरोले जम्बु बजारको सिंगो बस्ती नै बगाएको छ । हाल त्यँहाका स्थानीयहरु बस्ती छाडेर अन्य ठाउँमा बसाई सरेका छन् ।
पहिरोमा एकै परिवारका ६ जनासमेत पुरिएका छन् भने परिवारकी एक १६ वर्षीया बालिका छिरिङ गोले मात्रै बाच्न सफल भएकी छन् । छिरिङले एक अन्तर्वार्तामा आफ्नो नर्सिङ पढ्ने सपना भएको तर अब कसले पढाउछ भन्दै रुवाबासी गरेपछि धेरैका आशुँ रसाएका थिए ।
जुन अन्तावार्ताले छिरिङको सपना पुरा हुने भएको छ । हिमालयन हेल्पिङ ह्याण्डस्को २ लाख सहयोग रकम मध्य छिरिङलाई ७० हजार र अन्य रकम विस्थापित परिवारलाई पत्रकार अर्जुन विष्ट र प्रदिप भण्डारीहरुको टीमले हस्तान्तरण गरेको छ ।

संस्थाले छिरिङलाई पढाउने जिम्मा लिने बताएको छ । गएका दिनहरुमा पनि धेरै ठाउँमा सहयोग गर्दै आएको उक्त संस्थाले छिरिङको जिम्मा लिने भएको हो ।
संस्थाले भोलिका दिनमा पनि आफ्ना सहयोगी हातहरु बढाउनेछौँ भन्दै सम्पर्क नम्बरसमेत दिएको छ । संस्थाका संयोजक अधिकारीका अनुसार नेपालको जुन सुकै ठाउँमा विपत परेका ६२६६७६३५५० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
थप जानकारी को लागि भिडियो हेर्नु होला
