काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्ने बताएका छन्। बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र उपाध्यक्ष तथा संगठन विभागका प्रमुख गौतमसँग भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै सुवेदीले स्पष्ट पारेका हु्न्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेकपा उपाध्यक्ष गौतमले साउन १३ गते ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए। गौतमले ओलीलाई एकता महाधिवेशनको अध्यक्ष र प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। गौतमको प्रस्तावमा ओलीलाई प्रधानमन्त्री पदमा यथावत राख्ने भनिएको छ ।
प्रस्तावमा पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने कुरा उल्लेख गरिएको थियो।
प्रस्ताव सार्वजनिक भएसँगै १३ गते साँझ नै प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसहित वामदेव निवास पुगेका थिए। पारिवारिक भेटघाट भनिएपनि पार्टी भित्रको विवादको विषयमा छलफलका लागि ओली भैंसेपाटी पुगेका थिए । प्रधानमन्त्री ओली पार्टी महासचिव विष्णु पौडेललाई समेत लिएर भैंसेपाटी पुगेका हुन् । गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्तावउपर सोही दिन ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेका छन्।
बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले वामदेवलाई बालुवाटारमा निम्तो दिएका थिए। प्रधानमन्त्रीले ११ बजे बालुवाटार बोलाएकै समयमा वामदेव निवासमा प्रचण्ड पुगेपछि वामदेव रोकिएका थिए। यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने थप कामको बारेमा सुझाव लिन प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रचण्डसमेत अनुपस्थित भए। सोही प्रकरणलाई लिएरसमेत विभिन्न टिकाटिप्पणी सुरु भएको छ।
