बिहीबार वीरगन्जमा नेपाली सेनाका १० जनासहित ४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले सेतोपाटीलाई जानकारी दिए।
संक्रमितमध्ये २ जना बारा र ४१ जना पर्साका छन्। उनीहरू ७ देखि ७३ वर्ष उमेर समूहका छन्।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा पुष्टि भएको हो। संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी पनि छन्।
बुधबार पनि वीरगन्जमा १ सय ३३ जनामा संक्रमण देखिएको थियो। उक्त संख्या वीरगन्जमा एकैदिन देखिएको अहिलेसम्मकै धेरै संख्या हो।
