काठमाडौं – गत भदौ ३ गते राति कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ मा पहिरोले हाल सम्म १०० भन्दा बढी घरहरु बगाएर उजाड बगरमा परिणत गरेको छ भने बाढीको प्रभाव उक्त गाउँपालिकाको ७ वटै वडा लगाएत बान्नीगढी गाँउपालिका र मंगलसैन नगरपालिकाका खोला आसपास क्षेत्रका केहि भुभाग हरुमा समेत ठुलो भैतिक क्षति हुनुका साथै धेरैलाई घरबार बिहिन बनाएको छ ।

हालसम्म प्रत्यक्ष रुपमा ३०० भन्दा बढी घर पुर्ण जोखीममा रहेका छन् । १७ जना ज्यान गएको उक्त घटनामा ७ जनाको शव भेटिएको छ १० जनाको अझै खोजी कार्य भइरहेको छ । त्यस्तै, ७ जना घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
अहिले पनि पानी परिरहेका कारण खोलाले खेतीयोग्य जमिन खोलामा परिणत भइसकेको र घर, खेत, पसल, गाई बस्तु र अन्य सर–सामान पनि बाढीले बगाएको हुँदा पीडित परिवार र अन्य केही परिवार पनि अहिले उच्च जोखिममा भएको र सरकारले वितरण गर्ने राहत पीडितसम्म नपुगेको अवस्थामा हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले राहत वितरण गरेको छ ।

रामारोशनका बाढी पिडित परिवालाई हेल्पिङ्ग ह्यान्ड्सले तीन लाख बढीको त्रिपाल, सिरक, डसना, तन्ना, म्याट, दाल, तेल, साबुन, चिउरा, चाउचाउ लगायतका अति आवस्यक सामग्रीका साथै प्रती मृतक परिवारलाई सात हजार र बिस्थापित प्रती परिवारलाई चार हजारका दरले नगद रकम सहित हस्तान्तरण गरेको थियो ।
लकडाउनको निकै कठीन समयमा राहत सामग्री घटना स्थलसम्म पुर्याउन सुदुरपश्चिम प्रदेशका माननिय गृहमन्त्री प्रकाश शाहले विशेष गर्नुभएको थियो ।

लस एन्जलस् क्यालिफोर्नियाको हिमालयन हेल्पिङ्ग ह्यान्ड्स्का कपिल अधिकारीको संयोजकत्वमा मनी माया अधिकारी, अस्मिता अधिकारी, उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, गोकुल ढकाल, गोभिन्द चन्द, उत्तम जङ थापा लगायतको टिमबाट आएको ३ लाख बराबरको राहत विरण गरिएको हो ।
सुदूरपश्चिमको विकट उक्त क्षेत्रमा बाढीको वितण्डाले क्षदविक्षद बनाएको रामारोशन बासीको घाउमा मल्हम लगाउन उक्त क्षेत्रमा पुग्न कुनै पक्की बाटोको व्यवस्था छैन । यद्यपि, ज्यान जोखिममा नै राखेर नेपालकै खतरनाक बाटो हुँदै संचारकर्मी अर्जुन विष्ट,को टिमले बिरेन्द्र धामी र रिच मनोज श्रेष्ठ ले राहत पिठ्युँमा नै बोकेर पुर्याएका थिए ।
बाढीले सबैथोक खोसेपछि टुहुरो बनेका रामारोशनबासीलाई फेरि एकपटक हिमालयन हेल्पिङ्ग ह्यान्ड्स्ले साहारा दिएको छ । यसअघि पनि नेपालका थुप्रै क्षेत्रका प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।
यस अघि फाउण्डेशनले असार २५ गते बाह्रविसे नगरपालिकामा गएको पहिरोले आफ्ना छ जना पुरै परिवार गुमाएकी छिरिङ्ग गोले नानीलाई र पहिरोले गाउंको घर गुमाएर नजिकैको विद्धालयको छानाको ओत लागाएर त्यहीं दुई हात जोर्ने चारो पकाएर बसेका अन्य पीडित गाउंलेहरुका लागि २ लाख रुपैंया सहयोग गरेको थियो । त्यसैगरी सिन्धुपाल्चोककै जुगल गाँउपलिका वार्ड नं.२ लिदिमा ३९ जनाको एकै चिहानहुनेगरी गएको पहिरोमा परी भएको घर परिवार गुमाएर बाँचेका हरुलाई के खाँउ के लाँउ भैरहेका बेला ति पहिरो पिडितलाई पनि नगद पाँच लाख रुपैंया सहयोग गरेको थियो ।
यसका साथै सिन्धुपाल्चोकका बाढी पीडितहरुको सुरछित स्थायी बसोबासका लागि हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले चालिस पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन । जसका लागि शुरु गरिएको ‘गो-फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।








