शनिबारदेखि दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने भएको हो।
प्रतियोगितामा सशस्त्रको एपिएफ र सात प्रदेशका गरि आठ वटा टिमले प्रतिपर्धा गर्ने भएका छन्।
प्रतियोगिताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए।
‘प्रतियोगिताको सबै तयारी पुरा भएको छ । शनिवार विहान ९ बजेबाट खेल सुरु हुने छ,’थापाले भने।
प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगीतामा भाग लिने चार वटा टिमका खेलाडी लमही आइपुगेका छन्। बाँकी खेलाडी आउने क्रममा जारी रहेको आयोजकले जानकारी दिएको छ।
कोरोना भाइरस संक्रमका कारण ७-८ महिना प्रभावित भएको क्रिकेट प्रतियोगिता पुनः सुरु हुदा खेलाडी उत्साहित भएका छन्। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगिता आयोजना गरिएको छ ।
आठ वटा टिमलाई दूई समुहमा विभागन गरिएको छ। ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश परेका छन् ।
बी’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ परेका छन्। लमहीमा दैनिक दूईवटा खेल सञ्चालन गरिने भएको छ।
शनिबार पहिलो खेल विहान ९ बजेबाट हुने छ। लुम्बिनी प्रदेश र प्रदेश नं. २ का बीचमा उद्घाटन विहान खेल हुने भएको छ।
