काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर र मकवानपुरबाट २ जना पक्राउ परेका छन् ।
६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा करणी गरेको भन्ने उजुरी परेपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
यसैगरी २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ धोबिडाँडा बस्ने ६२ वर्षीय आईते सिंह वाईवालाई प्रहरीले पक्राउ गरेको छ ।
वाईवाले ती महिलालाई पुस ३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको उजुरी आएको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
