प्रदेश नम्बर १ मा थप एक मन्त्री र दुई जना राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले राजीनामा दिएका हुन्।
यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको प्रदेश नम्बर १ का नेकपा सचिव सुरेश राईले सेतोपाटीलाई बताए।
‘उहाँहरूले राजीनामा दिइसक्नु भएको छ,’ उनले भने, ‘मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावको तयारी छ।’
शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए।
केन्द्रमा नेकपामा विवाद देखिएपछि प्रदेशहरूमा पनि मतभेद देखिएको छ।
बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाका प्रचण्ड-माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
