तालिबानले गत अगस्ट १५ मा सत्ता कब्जा गरेयता अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह देशकै पन्जसिर प्रान्तमा बसिरहेका छन् ।
जुन अफगानिस्तानको एक मात्र त्यस्तो प्रान्त हो, जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । बरु त्यहाँका तालिबानविरोधी लडाकुले तालिबानका लडाकुलाई चुनौती दिइरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले पनि त्यहाँ दुई पक्षबीच भीषण यु/द्ध जारी छ । तालिबानविरुद्ध लडिरहेको रेजिस्टन्स फोर्सको नेतृत्व अपदस्थ उपराष्ट्रपति सालेह नै गरिरहेका छन् ।
उनले भनिरहेका छन्, ‘म एक मुठी सास छउञ्जेल तालिबानविरु/द्ध लडिरहनेछु ।’
यसै क्रममा अपदस्थ उपराष्ट्रपति सालेहले बेलायती पत्रिका डेलीमेलमा लेख लेख्दै भनेका छन्, ‘पन्जसिरमा तालिबानविरुद्ध लड्ने निर्णय गर्ने बेला मैले आफ्ना सुरक्षाकर्मीलाई भनेको छु– यदि तालिबानसँगको यु/द्धमा म घा/इते भएँ भने मेरो टाउकोमा दुईपल्ट गो/ली हानिदिनू, तर म तालिबानसामु आत्मसमर्पण गर्न चाहन्नँ ।’
तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेकै दिन राष्ट्रपति असरफ गनी देशै (अफगानिस्तान) छाडेर भागे पनि उपराष्ट्रपति सालेह भने देशभित्रै रहेर तालिबानलाई चुनौती दिइरहेका हुन् ।
