२१ भदौ, संखुवासभा । संखुवासभा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा भेटिएको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् ।
घ/टनास्थल पुगेका एक प्र/हरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि पट्टी दुई जना बच्चाको श/व भेटिएको छ भने खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ ।
जिल्ला प्र/हरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदीले आफू घटनास्थलतिर जाँदै गरेको बताउँदै ह/त्या/को कारण हालसम्म नखुलेको बताए । ‘कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ’ उनले भने ।
घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा रहेकाले प्र/हरीले उनीसँग कुरा गर्न सकेको छैन ।
