काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको बारेमा सरकार चुइँक्क बोल्न नसकेको बताएका छन् । उनले आज युवा संघको कार्यक्रममा यस्तो बताएका हुन् ।
“नागरिक मारिँदा पनि चुइँक्क बोल्न सक्दैन । सडकमा त लाठी लगाउन सक्छ त युवालाई । यस्तालाई भनिन्छ, घरको बाघ वनको स्याल,” उनले भने ।
उनले राष्ट्रियताका लागि बोल्न सक्ने युवालाई यातना दिने तर ज्याजतीको विरुद्धमा चुइँक्क बोल्न नसकको भन्दै प्रश्न गरे– यो भन्दा नालायकीपन के हुन्छ ?
