संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण रहस्यमयी बन्दै गएको छ । घ,ट,ना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।
ह’त्या प्र’क’रण अनु,सन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् । घ,ट,नाको थप अनुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घ,ट,नाको थप अध्ययनका लागि बिसीलाई घ,ट,नास्थल पुगेको बताए ।
प्रहरीले घ,ट,नाबारे सुक्ष्म अनु,सन्धान गरिरहेको र अनु,सन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । अनु,सन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म ह’त्यामा संलग्न कसैलाई प,क्रा,उ गर्न नसकिए पनि अनु,सन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ ।
ह’त्या अनुसन्धानमा केन्द्रीय अनु,सन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्रहरी घ,ट,नाको अनु,सन्धानमा जुटेका छन् ।
अनु,सन्धानका क्रममा मृ,त,कको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ । घ,ट,नाको अनु,सन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।
घ,ट,ना अनु,सन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घ,ट,नास्थल आइपुगेको हो ।
मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ त्या भएको थियो ।
