जापानमा नेपाली समुदायमा को’रोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ । यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको पाइएको छ ।
यसै विच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी वाग्लुङ्ग गलकोटकी बेलु पुन मगरको नि’धन भएको पारिवारिक श्रोतले बताएको छ । उनी २ हप्ता अघि कोरोना संक्रमण भई को’राना मुक्त भएकी र पछि स्वास्थ्यमा स’मस्या आएपछि अस्पताल पुग्नासाथ नि’धन भएको बताइएको छ ।
उनका श्रीमान दक्ष कामदार भिषा (कुक) मा जापानमा बसोबास गर्दै आएका छन् भने उनका ३ जना छोरा-छोरी रहको बताइएको छ । उनको नि’धन हृ’दयघा’तले हुन सक्ने समेत पारिवारिक स्रोतले बताएका छन्।
