घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले यसअघि त्यहाँ कार्यरत एसपी सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागी प्रहरी प्रधान कार्यालयमा झिकाएको थियो । सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागु औषध राखेर पत्रकारलाई फसाएको घटना छानबिनका लागी काठमाडौँ बोलाइएका शाहलाई जुनियर प्रहरी अधिकृत शिक्षालयमा सरुवा गरिएको छ ।
पत्रकार फसाएको घटना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महत नेतृत्वको ४ सदस्यीय समितिले छानबिन गरिरहेको छ । साउन ३२ मा गौर नगरपालिका–१ बाट पक्राउ परेका पत्रकार महम्मद मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले फसाएको आरोप लागेको छ ।
मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागु औषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ । लागु औषध नाइट्राभेट राख्ने भूमिकामा रहेका प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको छ ।
लागु औषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले स्थानीय धिरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनामा रौतहटका एसपी सिद्धिविक्रम शाहको भूमिका पनि शङ्कास्पद देखिएपछि हेडक्वार्टरले छानबिन समिति बनाएको थियो । छानबिन टुङ्गिन बाँकी छ । प्रहरीसँग मिलेर लागु औषध राखेर फसाउने भूमिकामा देखिएका पत्रकार महासङ्घ रौतहट शाखाका सह–सचिव सञ्जय शहनी फरार छन् । सहनी र एसपी शाहको बिचमा मोजिबुल्लाहलाई पक्राउ गरेपछि भएको कुराकानीको शङ्कास्पद अडियो बाहिरिएको थियो ।
