मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।
हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बि/रामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आ/क्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घा/इते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले जनाएको छ ।
प्रतिष्ठानका अनुसार दु/र्घटनामा परी घा/इते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो ।
उपचारका लागि कारमा आएका ती घा/इते व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षसम्म पु¥याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्र/हार गरेको हो ।
कुर्सी प्र/हारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चो/ट लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार २० वर्षीय श्रेष्ठ अध्ययनपश्चात प्रशिक्षणका लागि हेटौँडा अस्पतालमा आउनुभएको थियो ।
उक्त घ/टनापछि आ/क्रोशित बिरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगेको जनाइएको छ ।
कोरोना स/ङ्क्रमणको जो/खिम कायमै रहेको बेला रातको समयमा स्वास्थ्यकर्मीमाथि भएको आक्र/मणको विरोध गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउन हेटौँडा अस्पतालले प्रहरीसमक्ष मौखिक जानकारी दिएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिनुभयो ।
उहाँले सिसीटिभी फुटेज र आवश्यक प्रमाणसहित आज प्र/हरीसमक्ष लिखित उजुरी दिएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
