काठमाडौ । दैलेखको गुराँस गाउँपालिका–८ स्थित मालिका मावि छोटेपोखरामा कार्यरत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको मंगलवार विहान श व फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनकै छिमेकी महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार छिमेकी २५ वर्षीया मुना रानालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरी अनुसन्धानवाट छोटेपोखरास्थित घटनास्थलको पश्चिमपट्टी ३० मिटरको दूरीमा बसोबास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नी मुना राना घटनामा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो । मुनाले सोमबार राती साढे १ बजे घटना गराएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
