ओखलढुङ्गामा प्र/हरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।
सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्र/हरी कार्यालयले जिल्लामा कार्यरत सबै प्र/हरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।
जिल्ला प्र/हरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्र/हरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्र/हरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्र/हरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्र/हरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए ।
जिल्ला प्र/हरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए ।
‘प्र/हरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । ड्यिूटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन”, उनले भने, ‘प्र/हरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौं ।’
देशका कतिपय ठाउँमा प्र/हरी कर्मचारीले पोशाक वा ह/तियारको ग/लत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्र/हरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ ।
कार्यक्रममा प्र/हरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमासमेत छलफल भएको जिल्ला प्र/हरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
