३ असोज, काठमाडौं । कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् ।
संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।
सायमीले अनलाइनखबरसँग भने, ‘पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें ।’ आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे’ भएकाले यो पदक लिन नसुहाउने उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।
सातौँ संविधान दिवसको अवसरमा सरकारले ९ सय बढीलाई विभिन्न पदबाट विभूषण गर्ने नर्णय गरेको छ ।
