लोकदोहोरी गायक एवं मोडल रामजी खाँणले प्रविधिसँग चल्न नसक्दा अहिले समस्या भएको बताएका छन् । पहिलेदेखि नै प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढेको भए अहिले आफूहरुको स्तर अझ राम्रो हुने उनको भनाई छ ।
‘म लगायत समकालिन साथीहरु त्यो समय प्रविधिसँग चल्न सकेनौं । हामीहरुलाई गीत रेकर्डिङ र स्टेज कार्यक्रममा नै भ्याईनभ्याई हुन्थ्यो । गीत गाएपछि हामीले कम्पनीलाई वुझाउथ्यौं ।’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘कमाएका छौं, पुगिरहेको छ भन्ने हुन्थ्यो । त्यो समय रोयल्टीदेखि युट्युबतिर हाम्रो ध्यान नै गएन । यी कुराहरु जान्दैनौं भनेर ध्यान नै दिएनौं ।
