पुरोहित भीमप्रसाद पराजुली ७८ वर्षका भए । पहिलो लहरको कोरोनाकालमा उनी कर्मकाण्डका दैनिकजसो पशुपतिनाथ आउँथे र कर्मकाण्ड गर्थे । लकडाउनपछि उनी आक्कल–झुक्कलमात्रै पशुपति आउँछन् । सोह्र श्राद्ध सुरु भएकाले लामो अन्तरालमा सोमबार उनी पुनः पशुपतिमा झुल्किए ।
पशुपतिनाथ मन्दिर बाहिर यजमानहरुको कर्मकाण्ड र पूजापाठमा सहभागी हुने पुरोहितहरू प्रशस्तै देख्न सकिन्छ । उनीहरू बाटो छेउमा पलेँटी मारेर लस्करै बसेका हुन्छन् । भक्तजनहरूलाई टीका लगाइदिन्छन् र दक्षिणा थाप्ने गर्छन् । यसरी प्राप्त गर्ने दक्षिणा नै उनीहरूको जीविकोपार्जनको स्रोत हो ।
वृद्ध भत्ता खाने उमेरका भीमप्रसाद पराजुली पनि यही पुरोहित पेसामा संलग्न एक प्रतिनिधि पात्र हुन् । पशुपतिनाथ मन्दिर अगाडि सडकमा भेटिएका यिनै पात्रसँग मंगलबार सोह्र श्राद्ध सुरु भएको अवसर पारेर हामीले संक्षिप्त कुराकानी गरेका छौँ–अहिले कता बस्नुहुन्छ ?
