गुल्मी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मी जिल्लाको १८ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले राजन केसीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।
उपाध्यक्षमा रमेश पाण्डे र वालेन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा किशन पाण्डे, सह-सचिवमा सुनिल न्यौपाने र विनु कार्की र कोषाध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित भएका छन् ।
पदाधिकारी सहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको नवनिर्वाचित अध्यक्ष केसीले बताए । सम्मेलनको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कार्यालय सचिव तथा पुर्वमन्त्री सुदर्शन वरालले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी वरालले अनेरास्ववियु क्रान्तिकारी संगठन अरु संगठन भन्दा फरक भई समग्र विद्यार्थीहरुको हक हितका पक्षमा मियो बन्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला संयोजक बिरबहादुर कार्की , संगठन विभाग प्रमुख बुद्धि जिसी, प्रदेश कमिटी सदस्यहरु युवराज केसी, भुपाल पोखरेल, अनेम संघ क्रान्तिकारीकी जिल्ला संयोजक विनिता पोखरेल, अनेरास्वुवियु–अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य सदस्य घनश्याम खरेल, प्रेस संगठनका जिल्ला संयोजक तिलाचन पाण्डे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
