नेपाली कांग्रेसको इटहरी उपमहानगर सभापतिमा पुनः हेमकर्ण पौडेल निर्वाचित भएका छन्।
शनिबार सम्पन्न भएको
उपमहानगर निर्वाचनमा प्रतिष्पर्धी विकास केसीलाई ४२ मतान्तरले हराउदै पौडेल विजयी भएका हुन्।
पौडेलले २५३ मत पाएका थिए भने केसीले २११ मत मात्र पाए। इटहरी कांग्रेस निर्वाचनमा ४८२ मत खसेको थियो।
इटहरी कांग्रेस सभापतिमा पौडेलको यो लगातार दोस्रो जित हो भने केसीको दोस्रो हार हो। यसअघि पनि १३ औ महाधिवेशनमा पौडेलसँग नै केसी पराजित भएका थिए।
उपसभापति पदमा कोबिद कार्की र बालकृष्ण बिष्ट विजयी भएका छन् भने सचिवमा केसी प्यानलका मन्दिप भट्टराई र पौडेल प्यानलका बिक्रम घिमिरे निर्वाचित भएका छन्।
सहसचिबमा पौडेल प्यानलका इश्वर तामाङ र केसी प्यानलका मेनुका गिरी निर्वाचित भएका छन् ।
