नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्र/मण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप आठ सय ३४ जनामा संक्र/मण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१३ हजार सात सय ३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै अहिले नेपालमा १९ हजार एक सय ४२ सक्रिय संक्रमित छन्। एक हजार दुई सय ७९ जना निको भएको मन्त्रालयले जनाएको छ।
साथै यसको संक्रमणबाट थप नौ जनाको मृ/त्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार नौ सय ९६ जनाको मृ/त्यु भएको छ।
यसैगरी काठमाडौं उपत्यकामा थप दुई सय ७९ जना कोरोना सं/क्रमित थपिएका छन्।
काठमाडौंमा दुई सय ३२, ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएको हो।
