इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने भएका छन् ।
बेलायती सञ्चारमाध्यमका अनुसार अलीले आफ्नो सन्न्यासबारे यसअघि नै कप्तान जो रुट र मुख्य प्रशिक्षक क्रिज सिल्भरउडलाई बताइसकेका छन् ।
३४ वर्षीय अलीले ६४ टेस्ट क्रिकेटमा दुई हजार ९१४ रन बनाइसकेका छन् । उनले २८.२९ को औसतमा रन बनाएका छन् । अफ स्पिनर अलीले १९५ विकेट लिइसकेका छन् ।
२०१९ मा अष्ट्रेलियाविरुद्धको एसेज शृंखला खेलेपछि अलीलाई यसै सिजन सम्पन्न भारतविरुद्धको टेस्ट शृंखलाका लागि टोलीमा बोलाइएको थियो ।
उनले भारतविरुद्ध तीन खेल खेलेका थिए ।
इंग्ल्यान्डले अब अर्को टेस्ट शृंखला डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध एसेज शृंखला खेल्नेछ ।
