दाहसंस्कार भएपछि पहिचान खुलेकी युवतीको घ/टना विवाहको विवादका कारण भएको खुलेको छ । गुराँस गाउँपालिका(५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवती २२ वर्षीया अस्मिता बोगटी भएको खुलेको छ ।
तीजमा घर आउँछु भनेकी छोरी घर नआएपछि उनको खोजी थालिएको थियो ।
नारायण नगरपालिका(१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी घरेलु कामदारका रुपमा काठमाडौमा बस्थिन ।
करिब ५ वर्ष देखि काठमाडौमा बस्दै आएकी अस्मिताको प्रेम गाउँकै गणेश विक संग भएको खुलेको छ । उनले आफु विवाहित भएको र छोराछोरी पनि छन् भनेपछि उनीहरुबीच विवाद भएको थियो ।
घ/टनामा संलग्न भएको अभियोगमा प्र/हरीले गुराँस गाउँपालिका(५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई प/क्राउ गरिएको छ ।
गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको मृ/त्यु भएको खुलेको छ । गणेश घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरी अनुसन्धान थाल्दा अन्य कुरा खुलेका हुन् ।
अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेको र आफ्नो एक छोरी समेत भएको बताएपछि वि/वाद भएको र अस्मिता खोलामा हा म फा ले को बयान दिँदै आएका थिए ।
अस्मिताको श/व घट/नाको भोलिपल्ट भदौ १५ गते बिहान बिउराखेत नजिक भैरीखोलामा भेटिएको थियो । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जङ्गलमा प्र/हरीले श/व ब्यवस्थापन गरेको थियो ।
अस्मिताले काम गर्दै आएको घरबाट भदौ २८ गते दैलेखमा फोन गरे पछि उनी घरका लागि हिँडेको थाहा भएको थियो । आमा युवतीको आमा छोरी हराएको भन्दै दैलेख स्थित प्र/हरी कार्यालयमा खोजीका लागि जाँदा प्र/हरीले आफुहरुले श/व ब्यवस्थापन गरिसकेको युवतीको फोटो देखाएका थिए ।
उनले फोटो हेरेर आफ्नो छोरी भएको बताएकी थिइन् । काठमाण्डौबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेको थाहा पाएपछि प्र/हरीले तर्ताङ्मा गाडेको श/वको फोटोसँग दाज्दा उनको पहिचान खुलेको हो ।
अस्मिताको मोबाइलको नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएको कल डिटेल्सको आधारमा गणेश विक नै घ/टनामा संलग्न भएको खुलेको हो । प्र/हरीले भदौ १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएको फेला पारेको थियो ।
भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला उनलाई गणेशले साइड लगाएको खुलेको हो ।
