काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) बाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेर पठाएको छ ।
नेकपा एसका एक नेताले दिएको जानकारीअनुसार आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्री बन्ने ६ मन्त्रीको सूची बुझाएका छन् ।
उनका अनुसार देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुमा मन्त्री भइसकेका एक जना पूराना सांसद छन् । उनी हुन्, प्रेमबहादुर आले । तत्कालीन ओली सरकारमा रहँदा वनमन्त्री रहेका थिए ।
आलेसँगै मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ रहेको ती नेताले बताएका छन् ।आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरेको छ ।
आजको सुनको भाऊ पनि हेर्नुहोस ।।
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ। छापावाल सुन हिजो रु ८९ हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेकोतथ्याङ्कानुसार आज छापावाल
सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ। तेजाबी सुन हिजो प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो।महासङ्घका अनुसार चाँदीको मूल्य हिजोका तुलनामा आज प्रतितोला रु पाँचले बढेको छ।
चाँदी बिहीबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएकामा आज रु एक हजार १६० तोकिएको हो।अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ
