दिल्लीको रोहिणी अदालत परिसरमा भएको सुटआउटपछि ग्याङ्स्टरबीच सोसल मिडियामा ध/म्कीको सिलसिला सुरु भएको भारतीय सञ्चार माध्यमले बताएको छ ।
सोसल मिडियामा एक बयान भाइरल भइरहेको छ जसमा भनिएको छ, ‘हामी चुप बसिरहेका छौं भन्नुको अर्थ हामी म/रिसक्यौं भन्ने होइन । चाँडै नै धमाका हुनेछ ।
सडकमा रग/त सुक्ने छैनन् । यु/द्धको नियम फेरिइसकेको छ ।’ २४ सेप्टेम्बरमा रोहिणी कोर्ट रुममा चर्चित ग्याङस्टर जितेन्द्र उर्फ गोगीको ह/त्या गरिएको थियो ।
त्यसपछि यस्तै खालको एक बयान सोसल मिडियामा भाइरल भइरहेका छन् । जसमा यी ग्याङ एक–अर्कामाथि हमला गर्ने र रगतको नदी बगाउने दाबी गरिरहेका छन् ।
ग्याङस्टर गोगीको मृ/त्युपछि सोसल मिडियामा अर्को एउटा मेसेज भाइरल भइरहेको छ जसले दिल्ली प्र/हरीलाई तनावमा पारेको बताइएको छ । गोगीका साथी चर्चित ग्याङस्टर काला जठेडी र लरेन्स विश्नोई समूहले उनको श/वको फोटोसहित एउटा मेसेज दिइएको छ ।
यसमा भनिएको छ, ‘नयाँ यु/द्धको सुरुवात हो । जो हाम्रो साथमा छैनन् । आजबाट सबैले आफ्नो ध्यान राख्नुहोस् । अब यो युद्धमा कोही पनि सुरक्षित छैनन् । यो जायज होस् वा नहोस् । आजबाट सडकमा र/गत सुक्ने छैनन् । युद्धको नियम फेरिइसकेको छ ।’
वास्तवमा गोगीको ह/त्या दिल्लीमा ग्याङस्टरबीच हुने ग्याङवारको नतिजा थियो र गोगीको ह/त्याको अरोप उनको सबैभन्दा ठूलो दुश्मन सुनिल मान उर्फ टिल्लू ताजपुरियामाथि लागेको छ ।
प्र/हरीको सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार मंडोली जेलमा कैद टिल्लूले नै गोगीको ह/त्याको षड्यन्त्र रचेका थिए ।
यसबाहेक अन्य थुप्रै सन्देश छन् जसले गोगीको मृ/त्युपछि दिल्ली–एनसीआरमा र/क्तपात नरोकिनेतर्फ इशारा गरिरहेका छन् ।
