काठमाडौं । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर आफूले पद छाडेको उनले घोषणा गरेका हुन् । नयाँ नेतृत्वलाई अवसर दिनका लागि पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
उपाध्यक्ष राजाबाबु श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।
