सरकारका दैनिक काम कारवाहीका बारेमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको बैठक नियमित बस्नु पर्ने भएकोले यसलाई पनि त्यसैको निरन्तरता भएको बताइएको छ ।
देउवा नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित ६ मन्त्री रहेका छन् । त्यस्तैगरी संसदकोे गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले बिहीबार बिहानै बस्नेगरी बालुवाटारमा सर्बदलिय बैठक पनि आह्वान गर्नुभएको छ ।
