पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने ६७ वर्षीय नारायण भक्त संगत रहेका छन्। संगतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ।
संगतलाई उच्च अदालत पाटनबाट गत २०७७ माघ २७ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले काठमाडौंको सिफलबाट पक्राउ गरेको हो। प्रहरीले आवश्यक कारबाहीका लागि संगतलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाएको छ।
