काठमाडौं । चीन-भारत सीमामा पुन: तनाव बढेको छ । यतिबेला दुवै मुलुकको सीमामा परिचालित सैनिक र त्यहाँको गतिविधिलाई लिएर दुवै तर्फका परराष्ट्रले बदमासीको संज्ञा दिँदै आरोप प्रत्यारोप गरिरहेका छन् ।
बिहीबार मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले सीमा क्षेत्रमा हतियारको तैनाथ गरेको भन्दै आपत्ति जनायो । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा सैनिकको सङ्ख्या बढाइरहेको उसको भनाइ छ ।
भारत त्यतिमा मात्रै सिमित रहेन उसले चीनको पछिल्लो गतिविधिमा नजर राखिरहेको र सबै रेकर्ड राखेको पनि बताएको छ । भारतले उक्त स्थानहरुबाट बदला लिने नियोजित प्रयास गरिरहेको दावी गरेको छ ।
बिहीबार भारतले भनेको छ , ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ। तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ। हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ।’
त्यस्तै चीनले पनि बुधबार विदेश मन्त्रालयमार्फत भारतीय सेनाले गैरकानुनी ढङ्गले चीनको जमिनमा कब्जा गरिरहेको आरोप लगाएको छ ।
विदेश मन्त्रालयकी प्रवक्ता प्रवक्ता हुआ चुनियाङले भनेकी थिइन्, ‘भारतीय सेनामाथि गैरकानुनी ढङ्गले चीनको जमिनमा कब्जा जमाइरहेको छ।’
उक्त भनाइको जवाफ दिँदै भारतले बिहीबार चीनको जवाफका लागि एलएसीमा तयारी गरिरहेको दावी गरेको छ । चीनको तर्फबाट केही हरकत हुन्छ भए भारतले जवाफ तत्काल दिने भारतीय विदेश मन्त्रालयबाट भनिएको छ ।
उक्त जवाफका लागि भारतसँग अधिकार रहेको पनि बताइएको छ । भारतले चीनसँग संवादमार्फत समस्याको हल गर्न चाहेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
