देशभरका नगरपालिकामध्ये रूपन्देहीको तिलोत्तमा नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको छ।
मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार सो पुरस्कार प्रदान गरेको हो।
आर्थिक वर्ष २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै तिलोत्तमालाई मुलुकभरका सबै महानगर, उपमहानगर र नगरपालिकामध्ये उत्कृष्ट घोषणा गरिएको हो। तिलोत्तमासँगै आर्थिक तथा राजश्व प्रशासनतर्फ कन्काई नगरपालिका र सहरी योजना तथा वातावरण व्यवस्थापनतर्फ वालिङ नगरपालिका पनि पुरस्कृत भएका छन्।
संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले
कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए।
उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको बताए।
तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।
