पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन हो । उहाँ आजको मितिबाट ४५ वर्षमा लाग्नुभएको छ ।
२०५६ साल माघ ११ गते तत्कालीन युवराज पारस शाहसँग विवाह बन्धनमा बाँधिनु भएको थियो ।
उहाँको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो । हिमानी हाल एक्लै बस्दै आउनु भएको छ ।
हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको भनिदै आएको छ ।
हाल राजनीतिबाट अलग रहनुभएकी हिमानी सामाजिक कार्यमा जुटिरहनुभएको छ । उहाँको हिमानी ट्रष्ट नामक संस्था छ ।
हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुनुहुन्छ।
