आज आइतबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ । गत शुक्रबारको तुलनामा आज यो मुद्राको सटहीदर केही घटेको हो ।
नेपाल राष्ट्र बैंकले आज बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १२७ रुपैयाँ ३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा तोकेको छ ।
सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ २१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १९ पैसा र बिक्रीदर १५ रुपैयाँ २७ पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ ।
यस्तै, चिनियाँ मुद्रा युआनको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
