सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दु/र्घटनामा घा/इते एक महिलाको आज मृ/त्यु भएको छ।
पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृ/त्यु भएको प्र/हरीले जनाएको छ।
घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृ/त्यु भएको चिकित्सकले बताएका छन्।
श/व परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ।
श/वको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्र/हरी कार्यालयका प्र/हरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रह/रीले नियन्त्रणमा लिएको छ।
