काठमाडौं उपत्यकामा २०२ थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ सं/क्रमित थपिएका छन्।
जसमध्ये काठमाडौं उपत्यकामा २४१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३००, ललितपुरमा ५८० र भक्तपुरमा ५३९ सक्रिय सं/क्रमित छन्।
नेपालमा थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ४९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार १६७ जनाको पिसिआर परीक्षण र २३२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १० हजार ३७५ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृ/त्यु भएको छ। योसँगै मृ/त्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ।
४९५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।
