झापामा मोटरसाइकल दुर्घ/टना हुँदा एक जनाको मृ/त्यु भएको छ।
झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृ/त्यु भएको हो।
उनको घटनास्थलमै मृ/त्यु भएको प्र/हरीले जनाएको छ। दुइटा मोटरसाइकल ठक्कर खाँदा आज बिहान ८ बजे दुर्घ/टना भएको हो।
दुर्घटनामा मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको मृ/त्यु भएको हो।
उक्त मोटरसाइकल मे ६ प ५४१६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो।
दुर्घटनामा गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र १६ वर्षीय ललित शर्मा घाइते छन्।
उनीहरूको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
